मूल नियमावलीको नियम ३० को सट्टा देहायको नियम ३० राखिएको छ ः–
“३०. श्रेणी विहीन तथा राजपत्रअनङ्कित पाँचौं श्रेणीको पद ः
(१) अनुभवको आधारमा सीप विकास हुने एकै प्रकारको कार्य प्रकृति भएका अनुसूची–८ बमोजिमका पदहरु श्रेणी विहीन पद मानिने छन् ।
(२) उपनियम (१) बमोजिमका श्रेणी विहीन पदमा कार्यरत निजामती कर्मचारीहरु
ऐनको दफा ४ को उपदफा (२) बमोजिम श्रेणीमा आवद्ध हुन चाहेमा राजपत्र अनङ्कित पाँचौ श्रेणीमा कायम गरिनेछ ।
(३) उपनियम (२) बमोजिम राजपत्र अनङ्कित पाँचौ श्रेणीमा कायम हुने निजामती
कर्मचारीहरुले साविकमा खाई पाई आएको तलव घट्ने छैन ।
(४) राजपत्र अनङ्कित पाँचौ श्रेणीमा कायम भएका र सो श्रेणी तथा श्रेणी विहीन
पद सहित ऐनको दफा २०क. बमोजिमको सेवा अवधि पुगेका निजामती कर्मचारी
अनिवार्य अवकाश हुँदा निजलाई सो दफा बमोजिम राजपत्र अनङ्कित तृतिय श्रेणीेको पदमा बढुवा गरी अवकाश दिइनेछ ।
(५) ऐनको दफा ७ को उपदफा (६) बमोजिमको आन्तरिक प्रतियोगितात्मक
परिक्षामा राजपत्र अनङ्कित पाँचौं श्रेणीमा कायम भएका निजामती कर्मचारीहरु समेत सहभागि हुन सक्नेछन् ।”